सेयर बजार राताम्य, लगानीकर्ताको मनोबल खस्किदैं, अबको यात्रा कता ? « Arthapath.com
४ असार २०८२, बुधबार

सेयर बजार राताम्य, लगानीकर्ताको मनोबल खस्किदैं, अबको यात्रा कता ?



काठमाडौँ । साताको अन्तिम दिन पनि सेयर बजार राताम्य भएको छ । हिजो झिनो सुधार आएको बजारले फेरी ओरालो यात्रा तय गरेको हो । निरन्तर बजार ओरालो लाग्दा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ ।

यतिबेला सामाजिक संजालहरुमा अवस्था थप बिग्रिएको जस्तो हल्ला भइरहेको छ । ब्याजदर पनि समग्रमा घट्दोक्रममा रहेको हुंदा पुँजी बजारका लागि सकारात्मक पक्ष हो । तर हामी लगानीकर्ताहरुले भने यी सुधारहरुलाई सकारात्मक रुपमा लिन सकेको देखिंदैन ।

अझ, यति बेला लाभांशको सिजन पनि चलिरहेको छ । अहिले सेयर किन्ने वा होल्ड गरेर राख्नेले केही समयमै लाभांश हात पार्न सक्छन् । यो बेला चहलपहल हुनुपर्ने समय हो । तर, बजारले घट्दा लगानीकर्ता निराश बनेका छन् । निरन्तर बजार घटेपछि साना तथा ठुला लगानीकर्ता निराश बनेका छन् । यति बेला उनीहरूको मनोबल समेत कमजोर अवस्था पुगेको देखिन्छ । यसरी बजार घट्नुमा लगानीकर्ताहरूको सङ्गठनहरूले भने नियामकलाई दोष दिइरहेका छन् ।

नियामक निकायले लगानीकर्ताको नीतिगत रूपमा अभिभावकत्व ग्रहण नगर्दा नै बजारमा नकारात्मक प्रभाव पारेको उनीहरूको भनाई छ । विषेषगरि उनीहरूले निकै लामो समयदेखि सेयर धितो कर्जाको सीमा हटाउन र भारित १५० बाट १०० प्रतिशत कायम गर्न माग गर्दै आएको थिए ।

यद्यपि, केन्द्रीय बैङ्कले सेयर कर्जाको सीमा परिवर्तन गरे पनि हाल कायम रहेको भारित औसत १५० बाट १०० प्रतिशत कायम गरेको छ, यसमा कुनै पनि परिवर्तन गरेको छैन । यसले नै लगानीकर्ता उत्साहित बन्न नसकेको सेयर एक लगानीकर्ताले बताए । नियामक निकायले लगानीकर्ताको कुरा नसुनेको उनको भनाई छ । उनले भने,– ‘राष्ट्र बैङ्कका गभर्नरले लगानीकर्ताको कुरा सुनेनन् । सेयर धितो कर्जाको नीति परिमार्जनले लगानीकर्तालाई जिस्काउने काम गरेको छ । आफ्नो गोजीबाट दिए जस्तो १५ करोड र २० करोड पु¥यायो ।’

माग र आपूर्तिको नियम चल्ने सेयर बजारमा माग पक्ष कमजोर भएकाले समग्र सेयर पनि कमजोर भएको हो । धितोपत्र बोर्डले पछिल्लो समय हकप्रद र आइपीओमा बाढी ल्याएको लगानीकर्ताको तर्क छ । यसले बजारमा थप दबाब पैदा गरेको छ ।

बजार आज २०.१६ अकंले घट्दा परिसूचक १८७४.६० अंकमा बन्द भएको छ । बिहिबार पूँजी बजारमा २९२ कम्पनीको ७५ लाख ५८ हजार ५४२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७० करोड १ लाख २९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज म्युचुअल फण्ड समूहको सेयर मूल्य मात्र०.१६ अकंले बढेको छ । अन्य १२ उपसूचक भने राताम्य भएको छन् । आज बैंकिङ समूहको ०.७५ प्रतिशत, विकास बैंक समूहको १.२३ प्रतिशत, फाइनान्स समूहको १.४१ प्रतिशतले सेयर मूल्य घटेकोछ ।

बिहिबार लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर १६ करोड ३८लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्