आइतबार सुनको भाउ घट्यो

काठमाण्डौ । आइतबार सुन तोलामा दुई सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९८ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै बिहीबार र शुक्रबार उकालो बढेको चाँदीको भाउ आज भने तोलामा चाँदी ३० घटेको छ ।
चाँदी आज तोलाको १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।