दिब्यश्वरी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद निष्कासन गर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

दिब्यश्वरी हाइड्रोपावरले २०० प्रतिशत हकप्रद निष्कासन गर्ने



काठमाडौँ । दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रस्तावित हकप्रद सेयरको आकार बढाएको हो ।

कम्पनी सञ्चालक समितिको असोज २९ गते बसेको बैठकले हकप्रद सेयरको आकार बढाउने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः२ अनुपातमा अर्थात् २०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

यसअघि चुक्ता पूँजीको १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्