नाफामा पहिलो बन्यो मुक्तिनाथ विकास: दोस्रोमा गरिमा, अन्य कुनले कति कमाए ? « Arthapath.com
१ कार्तिक २०८०, बुधबार

नाफामा पहिलो बन्यो मुक्तिनाथ विकास: दोस्रोमा गरिमा, अन्य कुनले कति कमाए ?



काठमाडौं । मुक्तिनाथ विकास बैंक नाफामा पहिलो बनेको छ । बैंकले दुई महिनामै ३१ करोड बढी नाफा कमाएको छ ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिना साउन र भदौको तथ्याङ्कले यस्तो देखाएको हो । दुई महिनामा मुक्तिनाथ विकास बैंकले ३१ करोड २८ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ ।

दोस्रो स्थानमा भने गरिमा विकास बैंक रहेको छ । बैंकले साउन र भदौ महिनामा १६ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, तेस्रो नम्बरमा रहेको लुम्बिनी विकास बैंकले १५ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ ।

समिक्षा अवधिमा कामना सेवा विकास बैंकले साउन र भदौमा १३ करोड ९१ लाख रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकले १२ करोड र शाइन रेसुङ्गा डेभलपमेन्टले ११ करोड ७१ लाख रुपैयाँ नाफा कमाएका छन् ।

यस्तै, महालक्ष्मी विकास बैंकले ११ करोड ४५ लाख रुपैयाँ र ज्योति विकास बैकले १० करोड ९४ लाख रुपैयाँ नाफा कमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्