राप्ती हाइड्रोले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, विद्युत नियमन आयोगले दियो अनुमति - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

राप्ती हाइड्रोले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, विद्युत नियमन आयोगले दियो अनुमति



काडमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । विद्युत नियमन आयोगले कम्पनीलाई हकप्रद शेयर निष्कासनको प्रस्ताव साधारण सभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले आयोगसँग चुक्तापुँजी ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजान आयोगसँग स्वीकृति मागेको थियो ।

अब हकप्रद शेयर निष्कासनको प्रस्ताव सभामा पेस गरी स्वीकृति गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्