सिनर्जी पावरको अवितरित हकप्रद सेयर बाँडफाँट « Arthapath.com
७ मंसिर २०८०, बिहीबार

सिनर्जी पावरको अवितरित हकप्रद सेयर बाँडफाँट



काठमाडौँ। सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले अवितरित हकप्रद सेयर बाँडफाँट भएको छ । कम्पनीले लिलामीमा ल्याएको सेयर मंसिर ६ गते बाँडफाँट गरेको हो ।

कम्पनीले हकप्रद निष्कासन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको ५ लाख ६३ हजार २ सय ६१ कित्ता सेयर लिलामीमा ल्याएकोे थियो । उक्त लिलामीको शेयरको कट अफ मूल्य १४२ रुपैयाँ ६० पैसा कायम भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । १४२ रुपैयाँ ६० पैसा भन्दा माथि कबुल गर्ने सबैले शेयर पाएका छन् भने १४२ रुपैयाँ ६० पैसामा कबुल गर्नेलाई समानुपातिक रुपमा सापेक्षिक भार अनुसार शेयर बाँडफाँट गरिएको छ ।

लिलामीमा सेयर नपरेका आवेदकलाई कम्पनीले मंसिर ७ गतेदेखि पैसा फिर्ता गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्