भक्तपुरमा भदौ १५ गतेसम्म सार्वजनिक यातायात बन्द
काठमाडौं । भक्तपुर नरगपालिकाले सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाईरस संक्रमण बृद्धि भएसंगै नगरपालिकाले मंगलवारदेखी सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरुसँगको छलफलबाट संक्रमण समुदायस्तरमा फैलिन नदिन नगरभित्र सञ्चालन हुने छोटो दुरीका सार्वजनिक यातायातहरु बन्द गर्ने निर्णय भएको नगरप्रमुख प्रजापतिले जानकारी दिए ।
बुधबारदेखी भदौ १५ गतेसम्मका लागि पूर्ण रुपमा भक्तपुर नगरक्षेत्रमा सार्वजनिक यातायात बन्द रहने उनले बताए ।












