अन्तिम दिनसम्म हिमालयन रि इन्स्योरेन्सको आइपीओमा कतिले दिए आवेदन ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

अन्तिम दिनसम्म हिमालयन रि इन्स्योरेन्सको आइपीओमा कतिले दिए आवेदन ?



काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि इन्स्योरेन्सले निष्कासन गरेको आइपीओमा अन्तिम दिनसम्म ९४ करोड ४० लाख ३० हजार २० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात मंसिर १८ गते साँझ ५ः०७ बजेसम्म ३४ हजार २०६ जनाले ४५ लाख ८२ हजार ६७० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १.५२ गुणा बढी आवेदन हो ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर जारी गर्न अनुमति पाएको थियो ।

सोमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता सेयर निष्काशन गरेको थियो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गरेको थियो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्