लगातार सातौं दिन समेत घट्यो बजार, लगानीकर्ताको अर्बौ रकम गुम्यो, नियामकको भुमिका के ? « Arthapath.com
३ असार २०८२, मंगलबार

लगातार सातौं दिन समेत घट्यो बजार, लगानीकर्ताको अर्बौ रकम गुम्यो, नियामकको भुमिका के ?



काठमाडौँ । लगातार सातौ दिन समेत सेयर बजार राताम्य भएको छ । बजार निरन्तर खुम्चि रहदा लगानीकर्ता निराश बन्दै गएका हुन् । सेयर बजारमा आएको गिरावटले रुष्ट लगानीकर्ता नियामक तिर प्रश्न उठाइ रहेका छन् । नेपाल राष्ट्र बैंकले समय मै मौद्रिक नीतिको पहिलो समिक्षा सार्वजनिक नगर्दा त्यसको प्रत्यक्ष असर सेयर बजारमा परेको गुनासो लगानीकर्ताको रहेको छ ।

निरन्तर बजारमा आएको गिरावटले लगानीकर्ताको अर्बौ रकम गुमेको छ । लगानीकर्ताको मनोबल कमजोर भन्दै गएको अवस्था छ । दिनानुदिन बजारमा देखिएको निराशाले लगानीकर्तामा चिन्ता थपिएको हो ।

लगानीकर्तालाई मौद्रिक नीतिले कहिले खुसी बनाउन सकेको छैन सोहि कारण पनि लगानीकर्ता डराएको अवस्था छ । नियामक निकायले सेयर बजारलाई फाइदा हुने गरी मौद्रिक नीति बन्ने आश्वासन दिने गरे पनि अन्तिममा लगानीकर्तालाई रुष्ट बनाउने विगतको घटना रहेको छ । केन्द्रीय बैंक नीगितगत व्यवस्थाहरु खुकुलो पारिहाल्ने मनस्थितिमा देखिएको छैन । सोकि कारण पनि बजार खुम्चिदैं गएको अवस्था छ ।

सूचीकृत कम्पनीहरुको लाभांश दर घटेको, बैंकहरुको खराब कर्जा अनुपात वृद्धि भएको, नीतिगत अवरोधहरु जारी रहदा सेयर बजारमा प्रभावित बनि रहेको जानकारहरुका तर्क रहेका छन् । सेयर बजार प्रति लगानीकर्ताको मनोबल उच्च नभएसम्म बजारले गति लिन नसक्ने एक जानकारले बताए ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.१० अकंले घटेर १८३७.७१ बिन्दुमा बन्द भएको छ । मंगलबार २९२ कम्पनीको ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार रुपैयाँको कारोबार भएकोछ ।

आज जीवन बीमा समूहका बाहेक १२ उपसूचक राताम्य भएका छन् । मंगलबार बैंकिङ समूहको ०.२४ प्रतिशत, विकास बैंक समूहको ०.४१ प्रतिशत, फाइनान्स समूहको ०.८० प्रतिशत, होटल तथा पर्यटन समूहको १.७१ प्रतिशतसहित १२ उपसूचक घटेका हुन् ।

आज माउन्टेन इर्नर्जीको ३६ करोड २९ लाख ५७ हजार र सिटिजन लाइफको ८ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्