यसरी हेर्नुहोस् नेपाल वेयरहाउजिङ्गको आइपीओ नतिजा ! « Arthapath.com
२० मंसिर २०८०, बुधबार

यसरी हेर्नुहोस् नेपाल वेयरहाउजिङ्गको आइपीओ नतिजा !



काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको आइपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटलले बाँडफाँट गरेको छ ।

आइपीओमा १२ लाख ७६ हजार ५ सय ५८ जनाले आवेदन दिएका थिए । जसमा ११ लाख ९१ हजार ९ सय ९८ जनाको आवेदन मात्र योग्य भएको छ । ८४ हजार ५ सय ६० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

गोलाप्रथाबाट आइपीओ बाँडफाँट गर्दा १ लाख १४ हजार १२५ जना आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् ।

कम्पनीको आइपीओ यी तिन तरिकाबाट हेर्न सकिनेछ ।

सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः  iporesult.cdsc.com.np/ 

बिक्री प्रबन्धकको वेबसाइट: https://himalayancapital.com/

मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्