तीन कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ? « Arthapath.com
३ असार २०८२, मंगलबार

तीन कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ?



काठमाडौँ । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अकंले बढेको छ । बजारमा सुधार आउँदा लगानीकर्तालाई केहि भए पनि राहत भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.७३ अकंले बढेर १८५२.७७ बिन्दुमा बन्द भएको छ । बिहिबार २९९ कम्पनीको ९५ लाख ५ हजार ६०८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बिहिबार त्रीशुली जलविद्युत, समाज लघुवित्त र सिवाईसी नेपाल लघुवित्तको सेयरमा सर्किट लागेको हो ।

साथै, नबिल ब्यालेन्स फण्डको ९.४८ प्रतिशत र आशा लघुवित्तको ७.०५ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्