नेप्से परिसूचक २ हजार बिन्दु माथि उक्लियो

काठमाडौँ । नेप्से परिसूचक २ हजार बिन्दु माथि उक्लिएको छ । पछिल्ला दिनमा १८ सय वरीपरि गुमेको परिसूचक आज बजार खुलेको एक घण्टा नपुग्दै २ हजार बिन्दुमा आएको हो ।
यो समाचार तयार पर्दा (११ः५३ बजे) सम्म बजार २०.४५ अकंले बढेर २००५.८९ बिन्दुमा पुगेको हो ।
कारोबार रकम समेत ८९ करोड ५० लाख रुपैयाँ भएको छ ।