तीन कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ? « Arthapath.com
३ असार २०८२, मंगलबार

तीन कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ?



काठमाडौँ । सेयर बजारमा झिनो सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.६० अकंले बढेर १९८८.०४ बिन्दुमा बन्द भएको छ ।

बुधबार २९२ कम्पनीको १ करोड २० लाख ९५ हजार ५३९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९० करोड ९१ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ ।

तीन कम्पनीको सेयरमा आज सर्किट लागेको छ । बुधबार बोटलर्स नेपाल (बालाजु), मैलुङ हाइड्रोपावर र घलेम्दी हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज सानिमा डिबेञ्चरको ९.७८ प्रतिशत र मानुषि लघुवित्तको ९.७८ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्