चार महिनामा नेप्सेमा ३६ अर्ब १० करोडको आइपीओ सूचीकृत, बोनस र हकप्रद कति ? « Arthapath.com
३ असार २०८२, मंगलबार

चार महिनामा नेप्सेमा ३६ अर्ब १० करोडको आइपीओ सूचीकृत, बोनस र हकप्रद कति ?



काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कात्तिक मसान्तमा सूचीकृत ७ अर्ब ८८ करोड सेयर संख्याको चुक्ता मूल्य ७ खर्ब ८१ अर्ब ३८ करोड रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ को चार महिनामा ३६ अर्ब १० करोड बराबरको साधारण सेयर, ३ अर्ब ८४ करोड बराबरको हकप्रद सेयर र २ अर्ब ५४ करोड बराबरको बोनस सेयर गरी कुल ४२ अर्ब ४८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ८ अर्ब ५१ करोड बराबरको साधारण सेयर, ३ अर्ब २० करोड बराबरको डिबेन्चर, २ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड र रु.१ अर्ब १० करोड बराबरको हकप्रद शेयर गरी कुल रु.१५ अर्ब ३१ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।


प्रतिक्रिया दिनुहोस्