विकास बैंकहरुले पनि घटाएपछिको ब्याजदर कति तोके ? « Arthapath.com
१ पुष २०८०, आईतवार

विकास बैंकहरुले पनि घटाएपछिको ब्याजदर कति तोके ?



काठमाडौं । विकास बैंकहरुले पनि ब्याजदर घटाएका छन् । संचालनमा रहेका राष्ट्रिय स्तरका विकास बैंकहरुले पुस महिनाका लागि ब्याजदर घटाएका हुन्।

पुसका लागि सबैभन्दा धेरै लुम्बिनी विकास र सांग्रिला डेभलपमेन्ट बैंकले घटाएका छन् । यद्यपि, पुसमा विकास बैंकहरुले अधिकतम ९.२५ प्रतिशत ब्याज प्रदान गर्ने भएका हुन् ।

लुम्बिनी बैंकले पुसमा मुद्दति निक्षेपको ब्याजदर ९.२५ प्रतिशत, सांग्रिला डेभलपमेन्टले ९.२५ प्रतिशत कायम गरेका छन् ।

यस्तै, गरिमा विकास बैंक, कामना सेवा, शाइन रेसुङ्गा, मुक्तिनाथ विकास, महालक्ष्मी र ज्योति विकास बैंकले पनि अधिकतम ९.२५ प्रतिशत ब्याज दिने भएका छन् । यी बैंकहरुले मंसिरको तुलनामा शून्य दशमलव १५ प्रतिशतले ब्याजदर घटाएका हुन् ।


प्रतिक्रिया दिनुहोस्