प्रतिकित्ता २२० रुपैयाँमा नै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर किन्ने मौका
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयर समूहको १ लाख ७८ हजार ८६५ कित्ता संस्थापक सेयर लिलामी बिक्री ल्याएको हो ।
उक्त सेयरको न्यूनतम मुल्य २२० रुपैयाँ तोकेको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्ने चाहने कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले आवश्यक कागजात संकलन गरी पुष १३ गतेसम्म बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौँमा आवेदन दिन सकिनेछ ।













