ज्योति विकास बैंकको साधारण सभा पुष २९ गते, यस्ता छन् एजेण्डा « Arthapath.com
८ पुष २०८०, आईतवार

ज्योति विकास बैंकको साधारण सभा पुष २९ गते, यस्ता छन् एजेण्डा



काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा पुष २९ गतेका लागि बोलाएको छ । सभा लिसारा रिसेप्सन नक्साल काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ । साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुष १६ गते बुक क्लोज गर्ने भएको हुँदा पुष १५ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्