मुक्तिनाथ विकास बैंकले पुष २८ गते बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित मुख्य एजेण्डा « Arthapath.com
८ पुष २०८०, आईतवार

मुक्तिनाथ विकास बैंकले पुष २८ गते बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित मुख्य एजेण्डा



काठमाडौँ । मुक्तिनाथ विकास बैंकले वार्षिक साधारण सभा पुष २८ गतेका लागि बोलाएको छ । सभा सिटि स्क्वायर न्यूरोड पोखरा कास्कीमा दिउँसो १ बजे बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।

साथै, सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने र काठमाडौँ महानगरपालिकास्थित वडा नम्बर २८, कमलादीमा रहेको केन्द्रीय कार्यालयलाई वडा नम्बर ३ लाजिम्पाटमा सार्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ । साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।

त्यस्तै, सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गनुृपरेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने पनि विशेष प्रस्तावको रुपमा रहेका छन् । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुष १९ गते बुक क्लोज गर्ने भएको हुँदा पुष १८ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्