पाटन अस्पतालमा २ र बुटवल अस्पतालमा १ कोरोना संक्रमितको मृत्यु « Arthapath.com
६ असार २०८२, शुक्रबार

पाटन अस्पतालमा २ र बुटवल अस्पतालमा १ कोरोना संक्रमितको मृत्यु



काठमाडौं । नेपालमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत दोलखा जिल्लाकी एक महिला र सर्लाही जिल्लाका एक पुरुषको कोरोना संक्रमण्बाट मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ललितपुरका अनुसार गत भदौ २ गतेदेखि उपचाररत दोलखाकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । त्यस्तै साउन ३१ गतेदेखि अस्पतालमा उपचाररत सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको शुक्रबार निधन भएको छ ।

त्यस्तै प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ६४ वर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कोरोनाबाट मृत्यु भएको हो । भदौ १ गते अस्पतालमा भर्ना भएका उनको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकोमा शुक्रबार बिहान साढे ६ बजेतिर मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले पुष्टि गरे ।


प्रतिक्रिया दिनुहोस्