७ श्रावण २०८३, बिहिबार

जीवन विकास लघुवित्तसहित तीन कम्पनीको सेयर मूल्य समायोजन



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । जीवन विकास लघुवित्त, कालिका पावर कम्पनी लिमिटेड, युनिभर्सल पावर कम्पनी लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आजको अन्तिम कारोबार मूल्य १५०७ रुपैयाँलाई आधार मानेर मुल्य समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य १३२२ रुपैयाँ ०२ पैसा कायम भएको छ ।

कालिका पावरको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि मूल्य ३३४ रुपैयाँ ५५ पैसा कायम भएको छ । आज अन्तिम कारोबार मूल्य ३६८ रुपैयाँ ५० पैसामा मूल्य समायोजन गरिएको हो ।

त्यस्तैगरी, युनिभर्सल पावरको ८.५५ प्रतिशत बोनस सेयर समायोजन भएको छ ।समायोजनपछि मूल्य २०१ रुपैयाँ ७५ पैसा कायम भएको छ । आजको अन्तिम कारोबार मूल्य २१९ रुपैयाँमा मूल्य समायोजन भएको हो ।

अब बुधबार यी कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर कारोबार सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्