शुक्रबार ८३८ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या १३७ पुग्यो « Arthapath.com
७ असार २०८२, शनिबार

शुक्रबार ८३८ जना कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या १३७ पुग्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८३८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३० हजार ४८३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १८ हजार २१४ उपचारपछि निको भएका छन् ।

नेपालमा हालसम्म १३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस्