काठमाडौंमा १८२ जना कोरोना संक्रमित थपिए
काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
आज १३ हजार ५ सय ७९ जनाको पिसिआर टेस्ट भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८३८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३० हजार ४८३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १८ हजार २१४ उपचारपछि निको भएका छन् ।
नेपालमा हालसम्म १३७ जना कोरोना संक्रमितको मृत्यु भएको छ