कोरोना परीक्षण गर्न ३ अर्ब १८ करोड रुपैयाँ खर्च, १ जना संक्रमितका लागि १ लाख ४ हजार रुपैयाँ

काठमाडौं । हालसम्म नेपालमा कोरोनासंक्रमित ब्यक्तिहरु पत्ता लगाउन ३ अर्व १८ करोड रुपैयाँ खर्च भएको छ । गत माघदेखि हालसम्म ३ अर्बभन्दा धेरै खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए ।
उनका अनुसार ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ ल्याब टेस्टमा मात्रै खर्च भएको छ । यो खर्च भनेको हालसम्म भेटिएका ३० हजार ४८३ जना पोजेटिभ पत्ता लगाउन लागेको हो ।
सरकारले एउटा टेस्ट पोजेटिभ पत्ता लगाउन प्रतिव्यक्ति १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरिरहेको पनि उनले जनाए ।
उनका अनुसार एकजना व्यक्तिलाई आइसियुमा राख्दा ३० दिन राख्दा ४ लाख ५० हजार तिर्नुपर्ने छ ।