कारोबारमा आएको पहिलो दिन मै हिमालयन रिको ३० हजार कित्ता सेयर किनबेच
काठमाडौँ । कारोबारमा आएको पहिलो दिन मै हिमालयन रिइन्स्योरेन्सको ३० हजार कित्ता सेयर किनबेच भएको छ । कम्पनीको आज ३० हजार ८६६ कित्ता सेयर किनबेच हुँदा १ करोड ४ लाख ४ हजार ४८७ रुपैयाँको कारोबार भएको छ ।
सोमबार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ३० रुपैयाँ ९० पैसाले बढेर ३४० रुपैयाँ १० पैसा पुगेको हो ।


















