नेप्सेमा सिटिजन्स बैंकको ऋणपत्र सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटिजन्स बैंकको ऋणपत्र सूचीकृत भएको छ । सोमवार बैंकको ‘सिटिजन्स बैंक डिबेन्चर–२०९०’ नामक ऋणपत्र सूचीकृत भएको हो।
यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ सूचीकृत भएको छ । यो १० वर्षे अवधिको ऋणपत्र हो । यसमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन ।












