गरिमा विकास बैंकको १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी सवा ५ अर्ब पुग्यो « Arthapath.com
२१ असार २०८२, शनिबार

गरिमा विकास बैंकको १० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी सवा ५ अर्ब पुग्यो



काठमाडौँ । गरिमा विकास बैंकको लाभांश पारित भएको छ । पोखरामा सम्पन्न बैंकको १७औं वार्षिक साधारण सभाले १० प्रतिशत लाभांश पारित गरेको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ९.५० प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोही प्रस्ताव १७औं साधारण सभाले पारित गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ छ । बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ पुगेको छ ।

विकास बैंकका हाल देशभर १२३ शाखा कार्यालय र ५१ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले हालसम्म बैंकले करिब ८० अर्ब निक्षेप संकलन गरेको छ भने करिब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्