शेयर बजार १२ अंकको सुधारसहित १ अर्ब १० करोडको कारोबार

काठमाडौं । शेयर बजार साताको पहिलो दिन नेप्से सूचक १२.७७ अंकको सुधार भएको छ । सूचकमा सुधार आएसँगै कारोबार रकम १ अर्ब १० करोड रुपैयाँ नाघेको छ ।
सबैभन्दा धेरै समृद्धि फाइनान्सको ९.७७ प्रतिशतले सुधार भएको छ । सबैभन्दा धेरै मूल्य घट्नेमा जलविद्युत कम्पनी रहेका छन् । आइतबार १०६ वटा कम्पनीको मूल्य बढ्दा ३७ वटाको घटेको छ भने २२ वटामा कुनै परिवर्तन भएन । आइतबार नेप्से सूचक ०.९१ प्रतिशतले सुधार भएर १४१०.३४ अंकमा रोकिएको छ ।