बिहान ९:१५ सम्म मात्रै अत्यावश्क वस्तुका पसल खोल्न प्रशासनको निर्देशन « Arthapath.com
७ असार २०८२, शनिबार

बिहान ९:१५ सम्म मात्रै अत्यावश्क वस्तुका पसल खोल्न प्रशासनको निर्देशन



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको दर बढेसंगै तीनवटै जिल्लामा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक बाहेक अन्य पुलहरु बन्द गरिने भनिएका छन् ।

अत्यावश्यक पसलहरु खोल्ने समय निर्धाण गरिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले खाद्यान्न, दूध, फलफूल, तरकारी, माछामासु आदिको बिक्री वितरण गर्ने पसल बिहान ९ः१५ बजेसम्म मात्रै खोल्न दिने भएको छ । तर, औषधि, पानी र स्वास्थ्य सामग्री वितरण गर्ने पसललाई भने समयसीमा तोकिएको छैन।


प्रतिक्रिया दिनुहोस्