११ श्रावण २०८३, सोमबार

दुई जलविद्युत कम्पनीले पठाए सेयरधनीहरुको खातामा लाभांश, तपाईको खातामा आयो ?



काठमाडौं । दुई जलविद्युत कम्पनीहरुले नगल लाभांश वितरण सुरु गरेका छन् । चिलिमे र भगवती हाइड्रोपावर कम्पनीले आफ्ना सेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको हो ।

छुट्टाछुट्टै सूचना प्रकाशित गरि यी दुवै बैंकहरुले आफ्ना सेयरधनीहरुको खातामा नगद लाभांश पठाएको जानकारी गराएका छन् ।

चिलिमेको पुस २० गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । यता, भगवतीको पुस २४ गते सम्पन्न सभाले कर सहित १०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोही लाभांश सम्वन्धित सेयरधनीहरुको खातामा पठाइएको कम्पनीहरुले जनाएका छन् ।

हितग्राही खातामा बैंक खाता अपडेट गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको सूचनामा उल्लेख छ । डिम्याट खाता र बैंक खाता अद्दावधिक नगरेका सेयरधनीलाई तुरुन्त अद्दावधिक गर्न पनि आग्रह गरेका छन् । त्यसपछि मात्र खातामा नगद लाभांश आउने सूचनामा उल्लेख छ।