निषेधाज्ञाको पाँचौ दिन यस्तो छ काठमाडौं

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्यामा बृद्धि भएसंगै उप्रत्यकाका तीन जिल्लामा निषेधाज्ञा लगाईएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर आएपछि कारवाही गरिने भएको छ ।

काठमाडौंमा भाद्र १० गतेसम्मका लागि निषेधाज्ञा लगाईएको हो ।

निषेधाज्ञा जारी गरेको आज पाचौ दिन हो ।

अनावश्यक रुपमा हिड्नेलाई प्रहरीले कारवाही गर्दै आएको छ ।

निषेधाज्ञाको पाचौ दिनमा सोमबार काठमाडौं सुनसान नै रहेको छ ।

अनावश्यक रुपमा हिड्नेलाई प्रहरीले राक्दै छाड्ने गरेको छ । अटेर गर्नेलाई कारवाही पनि गरिरहेको छ ।
