२४ भदौ २०८३, बुधबार

हेटौँडामा थप १५ गतेसम्म निषेधाज्ञा



काठमाडौं । हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई भदौ १५ गतेसम्म थप गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत साउन २६ देखि भदौ ८ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने आदेश भएको थियो ।

जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बिहान बसेको बैठकले उक्त स्थानमा आज राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

निषेधाज्ञाका समयमा बिहान ५ः०० बजेदेखि ८ः०० बजेसम्म खाद्यान्न, तरकारी, औषधिलगायत अत्यावश्यक पसल खोल्न र इन्धन खरीद गर्न दिइने भएको छ ।