श्रृजनशीलको वित्तीय अवस्था सन्तोषजनक नभएपछि डिमर्ज गर्दै मानुषी लघुवित्त

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने भएको छ । कम्पनीले श्रृजनशील लघुवित्तको वित्तीय संस्थासँग गत वर्ष २०७९ चैत २ गते मर्जरमा जान समझदारी पत्रमा हस्ताक्षर गरेको थियो ।
गत पुस ११ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरी गत माघ ७ गते अन्तिम स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक र नेप्से पठाएको थियो । तर, श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नभएका कारण डिमर्जको गर्न लागेको मानुषीले जनाएको छ । यसका लागि मानुषीले आवश्यक प्रक्रिया अघि बढाएको हो ।
