कनेक्ट आइपिएस ह्याक गरि १० बढी रकम चोरी

काठमाडौं । कनेक्ट आइपिएस ह्याक गरि १० बढी रकम चोरी भएको छ । सुनसरीको इनरुवा नगरपालिका–२ का शिवनन्दन मेहताको कनेक्ट आइपिएस ह्याक गरि १० लाख १० हजार रुपैयाँ चोरी भएको हो ।
कनेक्ट आइपिएसमा उनकी आमा रुसनीदेवी र मेहताको बैंक खाताबाट सो बराबरको रकम चोरी भएको हो । मेहताको आमाको खाताबाट गत माघ १० गते पटक पटक गरि १ लाख १० हजार र उनको आफ्नै खाताबाट ९ लाख १० हजार रुपैयाँ कनेक्ट आइपिएस मार्फत चोरी भएको बताएका छन् ।
उक्त रकम चोरीका बारेमा जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी साइबर ब्यूरोमा अनुसन्धान गर्न गरिरहेको छ ।