सिटिइभिटी अन्तर्गत स्वास्थ्य विषय अध्ययन गराउने १३७ कलेजको सम्बन्धन खारेज « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सिटिइभिटी अन्तर्गत स्वास्थ्य विषय अध्ययन गराउने १३७ कलेजको सम्बन्धन खारेज



काठमाडौं । सरकारले प्राविधिक शिक्षा पढाउने केहि कलेजहरुको सम्बन्धन खारेज गरेको छ । अनमी, सिएमए, ल्याब असिस्टेन्टलगायतका २३८ विषय पढाउने १३७ कलेजको सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो ।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत संचालित स्वास्थ्य विषयका प्रमाणपत्र तहभन्दा तलका प्राविधिक एसएलसी सरहका कार्यक्रम चिकित्सा शिक्षा आयोगले खारेज गर्ने निर्णय गरेको हो ।

साउन ३० गते बसेको बैठकले चिकित्सा शिक्षा ऐनको दफा १५ (४) अनुसार सिटिभिटीले यसै शैक्षिक सत्रबाट प्रमाणपत्र तहभन्दा मुनिका कुनै पनि कार्यक्रम संचालन नगर्ने नगराउने निर्णय गरेको आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले जानकारी दिए ।
अबदेखी खारेज भएका कलेजहरुले नयाँ भर्ना लिन पाउने छैनन्। तर यी कलेजमा हाल अध्ययनरत विद्यार्थीको पढाइ पूरा नभएसम्म भने चालू रहने छन् । सरकारले २०८० भित्र यस्ता कार्यक्रम खारेज गर्ने नीति लिएको थियो ।


प्रतिक्रिया दिनुहोस्