बैंकिङ्ग क्षेत्रमा साढे दुई दशक बिताएका मानन्धर बने डिस मिडिया नेटवर्कको सीईओ « Arthapath.com
२३ असार २०८२, सोमबार

बैंकिङ्ग क्षेत्रमा साढे दुई दशक बिताएका मानन्धर बने डिस मिडिया नेटवर्कको सीईओ



काठमाडौं । बैंकिङ्ग क्षेत्रमा साढे दुई दशक बढी बिताएका तारा मानन्धर डिस मिडिया नेटवर्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन् ।

उनले बैशाख ३ गते सोमबार नै कार्यभार सम्हालेका छन् । बैंकिङ क्षेत्रमा उनले २५ वर्षभन्दा बढी समय नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।

मानन्धरले व्यवस्थापनलाई सुदृढ बनाउँदै प्रदान गरिरहेको विभिन्न सेवालाई थप गुणस्तरीय बनाउनमा प्रमुख भूमिका खेल्ने कम्पनीले विश्वास लिएको छ।

उनले यसअघि मशरेक बैंक, प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतमा नेतृत्वदायी भूमिकामा काम गरेका थिए।


प्रतिक्रिया दिनुहोस्