टेलिकमको आइसीटी डे अफरः अनलिमिटेड डाटा र भ्वाइस प्याकेजमा कस्ता छन् सुविधाहरु ?

काठमाडौं । नेपाल टेलिकमले आइसीटी डे अफर ल्याएको छ । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी बैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि सो अफर उपलब्ध गराउने भएको हो ।
अफर भोलि (२०८१ बैशाख १९) देखि प्रारम्भ हुनेछ र आगामी २०८१ बैशाख २१ सम्म लागु हुनेछ । अफर अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।
यसैगरी डाटा प्याकेज अन्तर्गत १११ रुपैयाँमा ५ दिन चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २९९ रुपैयाँमा १२ दिन चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुने टेलिकमले जनाएको छ ।
यता, ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने कम्पनीले जनाएको छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुनेछ ।
यस्तै, पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा रहेको टेलिकमले जनाएको छ ।
S.N | Package name | Validity (days) | Tariff NRs. (Incl. of Tax) | Remarks |
1 | 1Mbps data unlimited +100 Min NT-NT Voice | 1 | 49 | |
2 | 6GB data | 5 | 111 | |
3 | 13GB Data | 7 | 199 | |
4 | 20GB Data | 12 | 299 | |
5 | 30GB Data | 15 | 399 | Rental Included for Postpaid |
6. | Festive Combo Pack (30 GB Data 600 Min All net Voice 200 All net SMS) | 28 days for Prepaid and 30 days for Postpaid user | 789 | Rental Included for Postpaid |
आगामी बैशाख १९ देखि २१ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरु खरिद गर्न सकिने छ ।