चाँदी आयात तथा बिक्रीसम्बन्धि व्यवस्थाको पुनरावलोकन गरिँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदीको आयात तथा बिक्री वितरणको विद्यमान व्यवस्थालाई पुनरावलोकन गर्ने भएको छ । शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गर्ने बताएको हो ।
‘चाँदी आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ’ मौद्रिक नीतिको समीक्षामा भनिएको छ ।
राष्ट्र बैंकले चाँदीको आयातको सीमा घटाउन लागेको स्रोतले जनाएको छ ।