कुमारी बैंकको १० लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ? « Arthapath.com
८ असार २०८२, आईतबार

कुमारी बैंकको १० लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?



काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूका नाममा रहेको १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । बोलपत्र आवेदन पेस गर्दा न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ ।

इच्छुक लगानीकर्ताले काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटलमा आवेदन दिनुपर्नेछ। आवेदन पेस गर्ने अन्तिम मिति जेठ २२ गते अपरान्ह ३ बजेसम्म रहेको छ ।


प्रतिक्रिया दिनुहोस्