‘सूचना प्रविधिको दशक’घोषणा : ३० खर्बको प्रविधि निर्यात गर्ने लक्ष्य

काठमाडौं । सरकारले आगामी १० वर्षमा ३० खर्बको सूचना प्रविधि निर्यात गर्ने लक्ष्य तय गरेको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।
बजेटमार्फत सरकारले ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्यसहित ३० खर्बको प्रविधि निर्यात गर्ने लक्ष्य तय गरेको हो ।
यस क्रममा अर्थमन्त्रीले आगामी दशकलाई ‘सूचना प्रविधिको दशक’ प्रस्थान वर्षका रूपमा अघि बढाउने समेत बताए । सूचना प्रविधिलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउने, डाटा सेन्टर स्थापना, बौद्धिक सम्पत्ति सुरक्षा लगायतका योजना समेत सरकारले योजना बनाएको छ । यी आयोजनाका लागि ५९ करोड विनियोजन भएको छ ।
।