नेपाल वेयरहाउजिङको लक इन पिरियड समाप्त
नेपाल वेयरहाउजिङको लक इन पिरियड समाप्त
काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको लक इन पिरियड समाप्त भएको छ ।
कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ६८ हजार ७५० कित्ता सेयरको लक इन अवधि जेठ १९ गते समाप्त भएको हो ।
साधारण सेयर बाँडफाँड भएको ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयर रोक्का हुने प्रावधान रहेको छ । कम्पनीले आम सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ गत मंसिर २० गते बाँडफाँट गरेको थियो ।













