सेयर बजारमा झिनो अंकको गिरावट

काठमाडौं । दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा झिनो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचकमा ३.९७ अंकले २ हजार ७९.७ को बिन्दुमा झरेको छ ।
सोमबार ३१६ कम्पनीको ८८ लाख २० हजार १२५ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४० लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ
यस दिन ११० कम्पनीको मूल्य वृद्धि भएको छ भने १२९ कम्पनीको मूल्यमा गिरावट आयो । त्यस्तै ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।
सेयर कारोबारमा बुद्धभूमि हाइड्रोपावर नेपाल कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने एनआइबिएल स्टेबल फन्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।