वित्तीय साक्षरताका लागि कुमारी बैंक र युएसएआईडीबीच सम्झौता « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

वित्तीय साक्षरताका लागि कुमारी बैंक र युएसएआईडीबीच सम्झौता



काठमाडौं । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग (एमएसएमई) व्यवसाय वित्तीय साक्षरता कार्यक्रमका लागि युएसएआईडीसँग सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत युएसएआईडी ट्रेड एन्ड कम्पेटिटिभनेसले बैंकलाई नेपालभरका एमएसएमईहरुमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ ।

बैंकले यस कार्यक्रममार्फत १० हजार नयाँ एमएसएमईलाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन बित्तीय सहयोग गर्नेछ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा गर्दै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्