प्रभु बैंकको साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने « Arthapath.com
८ असार २०८२, आईतबार

प्रभु बैंकको साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने



काठमाडौं । प्रभु बैंक लिमिटेडले साढे १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ६९ हजार ५३९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

विद्यमान संस्थापक सेयरधनीका लागि ३५ दिने सूचना जारी गरी बिक्रीमा राखिएकोमा कुनै आवेदन नपरेकाले आम सर्वसाधारणका लागि यो सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

यो सेयर खरिदका लागि लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्