सप्तकोशी विकास बैंकका पूर्वसीईओ सुवेदी सम्पत्ति शुद्धीकरण मुद्दामा दाेषी ठहर « Arthapath.com
८ असार २०८२, आईतबार

सप्तकोशी विकास बैंकका पूर्वसीईओ सुवेदी सम्पत्ति शुद्धीकरण मुद्दामा दाेषी ठहर



काठमाडौं । सप्तकोशी विकास बैंकका तत्कालीन कार्यकारी अधिकृत नवीन सुवेदी सम्पत्ति शुद्धीकरण मुद्दामा दाेषी ठहर भएका छन् । २०८० असारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुवेदीविरुद्ध १ करोड १८ लाख ७७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित बिगाेकाे दाेब्बर जरिवाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरेकाे थियाे ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँबर, सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठकाे इजलाशले सुवेदीलाई शुक्रबार दाेषी ठहर गर्दै ३ वर्ष ३ महिना १८ दिन कैद र २ कराेड ३६ लाख ५४ हजार ४ सय जरिवाना (बिगाेकाे दाेब्बर) काे सजाय सुनाएकाे हाे । अदालतले बिगाे बराबरकाे सम्पत्ति जफत गर्न पनि आदेश दिएकाे छ ।

कार्यालय प्रमुखका रुपमा पदको दुरुपयाेग गरि कसुर गरेकाे भन्दै अदालतले सुवेदीलाई थप २ महिना १८ दिन कैद र २३ लाख ७५ हजार ५४० रुपैयाँ थप जरिवानाकाे पनि सजाय गरेकाे हाे ।


प्रतिक्रिया दिनुहोस्