लिजहोल्ड तथा पुराना कम्प्युटर र प्रिन्टिर बिक्री गर्दै सूर्योदय वोमी लघुवित्त « Arthapath.com
१६ असार २०८१, आईतवार

लिजहोल्ड तथा पुराना कम्प्युटर र प्रिन्टिर बिक्री गर्दै सूर्योदय वोमी लघुवित्त



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले पुराना कम्प्युटर तथा प्रिन्टिर लगायत स्थिर सम्पत्ति बिक्री गर्न लागेको छ।

कम्पनीले कर्पोरेट कार्यालको स्थिर सम्पत्तिहरु आन्तरिक सजावट (पार्टिसन) लिजहोल्ड, कम्प्युटर, प्रिन्टर, युपिएस र अन्य कम्प्युटरजनय उपकरणहरु जे जस्तो अवस्थामा छ, त्यही अवस्थामा बिक्री गर्न लागेको हो ।

उक्त सामाग्रीहरु खरिद गर्न इच्छुक संघ संस्था तथा व्यक्तिहरुले ७ दिनभित्र आवेदन दिन सक्नेछन् । आफूले खरिद गर्न चाहेको मूल्यसहित दरभाउ प्रस्ताव पेश गर्न सकिने कम्पनीले जनाएको छ ।

स्थिर सम्पत्तीहरुको अवलोकन वा उपयुक्त विषयमा अन्य जानकारी लिन भने कम्पनीको कर्पोरेट कार्यालय सामान्य सेवा विभागमा सम्पर्क गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्