एकीकृत कारोबारका लागि समता घरेलु र मनकामना स्मार्ट लघुवित्तले तोके मिति

काठमाडौं । समता घरेलु र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबारका लागि मिति तय गरेका छन् ।
यी दुवै कम्पनी एक आपसमा गाभिएपछि आगामी असार २४ गते सोमबारदेखि एकीकृत कारोबार गर्ने भएका हुन् । समता घरेलुले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेको हो । प्राप्तिपछि समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार थालनी गर्न लागेका हुन् ।
एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते, नेपाल धितोपत्र बोर्डले असार ९ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार ११ गते स्वीकृति प्रदान गरेको थियो ।