सरकार परिवर्तन हुने भएपछि सेयर बजारमा उछाल, २० मिनेटको लागि कारोबार बन्द

काठमाडौं । सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा उत्साह देखिएको छ । नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार सेयर बजारमा उछाल देखिएको हो।
मंगलबार बजार खुलेको केही समयमा नै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको हो। २० मिनेटपछि नेप्सेमा पुनः सेयर कारोबार खुल्नेछ।
अर्थमन्त्रीमा एमालेका विष्णु पौडेल आउने सम्भावना देखिएपछि पनि लगानीकर्ता उत्साहित भएका छन्।
