तपाईको डिम्याट खातामा आयो त १३ प्रतिशत बोनस सेयर ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर सम्वन्धित सेयरधनीहरुको डिम्याट खातामा पठाइदिएको छ ।
कम्पनीले १३ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत बोनस वितरण गरेको थियो ।
कम्पनीका अनुसार गत पुस १५ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाएको छ । त्यस मितिले पश्चात डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भएको कम्पनीले जनाएको छ।