३६.४७ प्रतिशत बढ्यो आरएसडी लघुवित्तको नाफा, कस्ता देखिए मुख्य सूचकहरु ? « Arthapath.com
३ श्रावण २०८१, बिहीबार

३६.४७ प्रतिशत बढ्यो आरएसडी लघुवित्तको नाफा, कस्ता देखिए मुख्य सूचकहरु ?



काठमाडौं । आरएसडी लघुवित्त वित्तीय संस्थाले साढे १४ करोड खुद नाफा कमाएको छ । कम्पनीले बिहीबार प्रकाशन गरेको गत आर्थिक वर्षको चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत वर्ष कम्पनीले १४ कारेड ६६ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । जुन अघिल्लो आवको तुलनामा भने ३६.४७ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले १० करोड ७४ लाख ७३ हजार रुपैयाँ कायम भएको छ ।

नाफा बढेपनि कम्पनीको खुद ब्याज आम्दानी भने १५.२२ प्रतिशत घटेर २४ करोड ४७ लाख ६९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा कम्पनीले २८ करोड ८६ लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै, कम्पनीको संचालन नाफा भने ३५.१२ प्रतिशत बढेर २० करोड ९४ लाख ८० हजार रुपैयाँ कायम भएको छ । खुद संचालन नाफामा भने २९.२३ प्रतिशत वृद्धि भई २६ करोड ६९ लाख २२ हजार रुपैयाँ कायम भएको छ।

हाल कम्पनीको चुक्ता पुँजी ९४ करोड ४३ लाख रुपैयाँ छ । कम्पनीले जगेडा कोषमा भने १६ करोड ३७ लाख रुपैयाँ राखेको छ ।


प्रतिक्रिया दिनुहोस्