ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त « Arthapath.com
८ असार २०८२, आईतबार

ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ‘८% ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१-९२’निष्काशनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

बैंकले प्रति इकाई १ हजार रुपैयाँका दरले ५० लाख इकाई ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात २ अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्तात, ३ अर्ब बराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८ प्रतिशतका दरले ब्याज पाइने छ । यसको भुक्तानी अर्धवार्षिक रुपले ६-६ महिनाको अवधिमा हुनेछ ।

उक्त सम्झौतामा ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्